कृषि

धान दिवसमा धान रोप्दै फार्मका रोपाहा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फुङ्लिङ, असार १५ गते । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा दान दिवस मनाइएको हो ।

धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने नाराका साथ २२ औं धान दिवस मनाइएको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताउनुभयो । धान दिवसमा स्थानीय कृषकसहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू, कार्यलयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

बिज्ञापन

उपस्थिति सबैले धान रोपेर धान दिवस मनाइएको राष्ट्रिय कृषक समूह महासङ्घ ताप्लेजुङले जनाएको छ । यता ताप्लेजुङमा गत वर्षको तुलनामा धान रोपाइँ घटेको छ । गत वर्ष यो अवधिमा २९।४ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष १७.८५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी सशिकुमार सिं ले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पानी कम परेकोले रोपाइँ पनि कम भएको हो । तर, यो वर्ष सरदारभन्दा धेरै पानी पर्ने भएकाले रोपाइँ धेरै हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।