आस्था /आध्यात्म

बाजुराकाे बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा, २७ असार । नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराकाे बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ।

गत चैत २८ गतेदेखि सुरू भएको मन्दिरको पुनर्निर्माण असार २३ गते सम्पन्न भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बिज्ञापन

पुरातत्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग र त्रिवेशी नगरपालिकाको समन्वयमा परम्परागत रूपमा मन्दिरको पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माण भइरहँदा पनि भक्तजनहरूका लागि मन्दिर खुला गरिएको थियो।

सेनाले बडीमालिकाकाे पुरानो भत्काएर नयाँ मन्दिर र हेलिप्याड समेत निर्माण गरेकाे जनाएकाे छ ।मन्दिर निर्माणका लागि भक्तपुर तथा ललितपुरका कालिगडहरू समेत लगिएको थियो।
२०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । अहिले भने नेपाली सेना आफैंले मन्दिर निर्माण गरेकाे हाे । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण हुन सकेको थिएन ।

‘सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण भएको जनाएकाे छ ।

बडिमालिका प्रत्येक वर्ष जनैपुर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्छ । विगतका वर्षभन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भ्रमण गरेका छन् ।

देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।

बडिमालिका क्षेत्रको धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडिबुटी तथा वातावरणीय दृष्टिकोणले विषेश महत्व रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रूपमा परिचित छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।