सुदूरपश्चिम प्रदेश

भजनीको आमबाडीबाट बाबुछोरासहित तीनजना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी । कैलालीको भजनी नगरपालिका–९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जङ्गली जनावरका अङ्गसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहका अनुसार पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–९ निवासी ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र ३० वर्षीय सुरेश विक रहेका छन् ।

बिज्ञापन

विशेष सूचनाका आधारमा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले एकथान पेस्तोल, ११ राउण्ड गोली, एक थान म्यागजिन, ०.२२ बोरको (हर्नेट)नवीकरण नभएको राइफल, २४ राउण्ड गोली, एकथान कटुवा पेस्तोल, एकथान भरुवा बन्दुक, त्यसको घोडा, एक डिब्बा छर्रा, दुई गुच्छा मयुरको प्वाँख र तीनवटा जरायोको सिङ बरामद गरेको डिएसपी सिंहले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि हातहतियार ऐन तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।