राष्ट्रिय समाचार

कैलालीका पाँच पालिकामा आज बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी। कैलालीको विभिन्न पालिकाले आज स्थानीय बिदा दिएका छन्।

मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन।

बिज्ञापन

दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन्।

बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो। त्यसको खुसीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन्।

आज कमैया मुक्तिको २५ वर्ष पुग्दै छ। कमैयाहरू मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन सकेको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।