घटना

पोस्टमार्टमका लागि राखिएको शव बाेकेर प्रहरीकै अगाडिबाट फरार भए आफन्तहरू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सप्तरीको‌ गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि राखिएको शव लिएर‌ आफन्तहरूको समूह फरार भएको छ। प्रहरीसँग झडप गर्दै मृतकका आफन्तहरू शव लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडिबाटै जाँदासमेत उनीहरूलाई रोक्न प्रहरी असफल भएको छ।

सप्तरीको विष्णुपुर गाउँपालिका– १ थलहीकी ४५ वर्षीया मसुरन खातुन शुक्रबार दिउँसो राजगढ गाउँपालिका– ३ नर्घोस्थित माइतीघरमा धान रोपिरहँदा अचानक बेहोस भएपछि उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो। उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले शव पोस्टमार्टम गर्न गजेन्द्रनारायण अस्पतालको पोस्टमार्टम गृहमा राखेको थियो।

बिज्ञापन

तर, बेलुकी ५ बजेतिर आएको आफन्तको एक समूहले बलजफ्ती पोस्टमार्टम गृह तोडफोड गर्दै शव लिएर फरार भएको हो। तोडफोड गर्न लागेपछि सप्तरी प्रहरी प्रमुख गौतम केसीलाई जानकारी गराउँदासमेत प्रहरीले उनीहरूलाई रोक्न नसकेको मेडिकल सुपरिटेन्डेन्ट प्रकाशप्रसाद साहले बताए।

जिल्ला प्रहरी कार्यालयबाट केही संख्यमा परिचालित प्रहरीले उक्त समूहलाई‌ रोक्न प्रयास गरे पनि उनीहरू शव लिएर फरार भए। उनीहरूले प्रहरीसँग घम्साघम्सी गर्दै जिल्ला प्रहरी कार्यालयअगाडिबाटै शव लिएर‌ गएका हुन्।‌ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले उक्त समूहलाई रोक्न नसकेको र पोस्टमार्टमको आवश्यकता नदेखिएकाले पनि प्रहरीले नरोकेको जवाफ दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।