प्रवास

भारतमा सेक्युरिटी गार्डको काम गर्ने अछामी युवाले बनाएको रिललाई अकल्पनीय भ्यूज, गुगलबाट पनि गुड न्यूज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दुई युवाबीचको झगडा छुट्याउन पुगेका सेतो कमीज सुरूवालधारी लुगा लगाएका व्यक्ति हिलोमा पछारिएको एक भिडिओ पछिल्लो केही दिनदेखि अविश्वसनीयरूपमा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले त यसलाई वास्तविक घटना नै सम्झेर रमाउँदै सेयर गरिरहेका छन् । तर, यर्थाथमा यो ‘स्क्रिप्टिेड’ अर्थात स्क्रिप्ट बनाएर सुटिङ गरिएको भिडिओ हो ।

अछाम भई हाल रोजगारीका सिलसिलामा भारतको राजधानी दिल्लीमा बस्दै आएका दिपक साउदले मनोरञ्जनका लागि भन्दै सामाजिक सञ्जाल फेसबुकमा यो भिडिओ सेयर गरेका थिए । फेसबुक ह्यान्डल नाम दिपक साउद भए पनि उनको वास्तविक नाम हो अछामी दीर्घबहादुर साउद । उनले सेयर गरेको केही घन्टामै अस्वभाविक उछाल लिँदै उक्त भिडियोले करोड भ्युज बटुल्यो । हेर्दाहेर्दै भिडिओको भ्यूज २४ घन्टाभित्र ५ करोड नाघिसकेको थियो ।

बिज्ञापन

यो भिडियोले भ्यूजमात्रै बटुलेन दीर्घबहादुर साउदको चर्चा चुलिएको छ । उनले पहिलेदेखि नै मनोरञ्जनात्मक रीलहरू बनाउँदै आएका थिए । ती रिलहरुले पनि राम्रै भ्यूज पाउँथे, तर अहिले त अकल्पनीय नै भयो । यो समाचार तयार पार्दासम्म उक्त रीलले ८३ मिलियन अर्थात ८ करोड ७ लाख भ्यूज, १.१ मिलियन अर्थात एक ११ लाख लाइक बटुलेको थियो भने करिब ४१ हजारले सेयर गरेका छन् ।

उक्त रीलपछि साउदलाई फलो गर्नेको सङ्ख्या पनि ह्वात्तै बढ्यो । यतिमात्रै हैन्, यस रीलमार्फत उनले अर्को ठूलो सफलता पाएका छन् । त्यो हो, फेसबुक रील क्रियट गर्ने लोकप्रिय व्यक्तिको रुपमा गुगलमा नाम आउनु । गुगलले उनलाई ‘पपुलर नेपाली फेसबुक रील्स क्रियटर’ को भनेर देखाउन थालेको छ । उक्त सफलतालाई साउदले शनिबार फेसबुक लाइभ मार्फत सेयर गरेका थिए ।

सामान्य परिवारमा जन्मेका साउद दिल्लीमा सेक्युरीटीको काम गर्छन् । काम सँगसँगै उनी दर्शकहरूको मनोरञ्जनका लागि भिडिओ कन्टेन्ट पनि बनाइरहेका हुन्छन् ।

साउद आफ्ना रीलहरू केबल मनोरञ्जनका लागि मात्रै बनाउदैनन् । यसबाट आफ्नो देशप्रेम पोखिरहेका हुन्छन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका डाइ हार्ट फ्यान पनि हुन् । देब्रे छातीमा बालेनको तस्बिर अंकित गरेका उनी आफू जिउँदो रहेसम्म बालेनकै फ्यान रहने बताउँछन् ।

धेरैले सामाजिक सञ्जाललाई टाइमपासका लागि प्रयोग गर्छन् । फेसबुक र टिकटक स्क्रोल गरेरै समय बिताउँछन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाहरू पनि फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, युट्युब, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा झुण्डिने गरेका छन् ।

यी सञ्जालहरूले संसारभरका मानिसहरूलाई एक साथ जोड्नुका साथै सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनामक सामग्रीहरु पनि पेश गर्छन् । यदि सामाजिक सञ्जालको राम्ररी सदुपयोग गर्न सक्ने हो भने यसबाट निकै फाइदा लिन सकिन्छ । तपाईं रातारात लोकप्रिय बन्न सक्नुहुन्छ भने आर्थिक आर्जन पनि गर्न सक्नुहुन्छ ।

यसैका उदाहरण हुन् दीर्घबहादुर साउद । भारतमा सेक्युरिटी गार्डको काम गर्दागर्दै फुर्सदमा बनाएको भिडिओले आज संसारभर तहल्का मच्चाएको छ । सामाजिक सञ्जालको सही सदुपयोग गरौँ र सफलताको स्वाद चाखौं ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।