घटना

बङ्गलादेशमा विमान दुर्घटना : ज्यान गुमाउनेको संख्या २० पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ढाका । बङ्गलादेशमा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या २० पुगेको छ। सो दुर्घटनामा १७० जना घाइते भएका छन् । एयर फोर्सको ट्रेनिङ जेट बङ्गलादेशको स्कुल क्याम्पसको हातमा विस्फोट भएको हो । उत्तरामा रहेको माइल स्टोन स्कुल एन्ड कलेजबाट लिइएको फुटेजमा धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।

५० भन्दा बढी घाइतेलाई बलिरहेकै अवस्थामा अस्पतालमा लगिएको छ। मर्नेमध्ये धेरै जना विद्यार्थी छन्। उनीहरू विद्यालय छुटेर घर फर्कने क्रममा थिए। घाइतेमध्ये १७ जना बालबालिका छन्। विद्यालयमा चारदेखि १८ वर्षसम्मका बालबालिका अध्ययनरत छन्।

बिज्ञापन

एक १० वर्षीय बालकले परीक्षा सकेर बाहिर निस्कन आँटेकै समयमा आफ्नै आँखा अगाडि विस्फोट भएको तथा आफ्नो मिल्ने साथीको पनि ज्यान गएको बताएका छन्।

सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए। उनले कम जनघनत्व भएको स्थान छानेर अभ्यास गरिरहेको समयमा विमानमा समस्या भएको हो।

घटनाको छानबिन गर्न समिति बनाइएको छ। उत्तर आधुनिक मेडिकल कलेज अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये धेरै जना १० देखि १५ वर्षका बालबालिका छन्। उनीहरू जेटमा इन्धन बल्न थालेपछि घाइते भएका हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।