नाउपाको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन रञ्जितासमक्ष बहुमत सदस्यको माग

बैठक नबोलाए ११ गते थप निर्णय गर्ने चेतावनी

कैलाली । नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।अध्यक्ष श्रेष्ठसहितका २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना केन्द्रीय सदस्यहरूले आज संयुक्त रूपमा बैठक बोलाउन माग गरेका हुन् ।

दिउँसो १ बजे नाउपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

अध्यक्ष रन्जिता श्रेष्ठलाई पटक पटक बैठक बेलाउन आग्रह गरे पनि अध्यक्ष श्रेष्ठले बैठक बोलाउन आनाकानी गरेको बहुमत केन्द्रीय सदस्यहरूको आरोप छ । बैठक नबोलाए ११ गते २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने उनीहरूको भनाइ छ ।‘आजको मितिले २४ घण्टा भित्र समय स्थान तोकी केन्द्रीय समितिको बैठक बोलाउनु भएमा सो बैठकमा उपस्थित भई केन्द्रीय समितिको बैठक बसी निर्णय गर्ने र यदि उहाँले केन्द्रीय समितिको बैठक तोकिए बमोजिम नबोलाउनु भएमा ११ गतेका दिन २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठक बसी थप निर्णय गर्ने’ बहुमत सदस्यहरूले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई लिखित रूपमा बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेसँगै उनलाई एउटा पत्र पनि पठाएका छन् ।
यस्तो छ अध्यक्षलाई बहुमत केन्द्रीय सदस्यले पठाएको पत्र


