खेलकुद

भारतीय चोंगरेंग कोरेनलाई पराजित गर्दै सुदूरपश्चिमका रविन्द्र बने म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १८ साउन /  नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट ( एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हाँसिल गरेका हुन् ।

व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् । म्याट्रिक्स फाइट नाइटमा साविक विजेता कोरेनलाई हराउँदै बान्टमवेट बेल्ट जितेपछि रविन्द्र ढाँटले आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई जित समर्पण गरे

बिज्ञापन

नेपालको चर्चित एमएमए प्रतियोगिता नेपाल वारियर्स च्याम्पियनसिप ( एनडब्लुसी) को संस्थापक समेत रहेका दिविजले नै रविन्द्रलाई लामो समयदेखि प्रशिक्षण तथा मेन्टरसिप गर्दै आएका छन् । ढाँट सुदूरपश्चिमेलीबासी हुन,उनको घर बझाङ जिल्लामा पर्दछ ।

चुंगरेङ कोरेन भारतीय २७ वर्षीय ५ फुट ८ इन्चका एसिया प्रशान्त क्षेत्रमा २६५ औं स्थानमा रहेका MMA लडाकु हुन्। कोरेन एसिया दक्षिणको एसिया प्रशान्त उप-क्षेत्रमा पनि छन्। उनी आफ्ना पछिल्ला ६ MMA बाउटहरू मध्ये कम्तिमा २ पटक लडेका क्षेत्रहरूमा मात्र स्थानमा छन्।

कोरेनलाई प्रत्येक क्षेत्रमा ब्यान्टमवेटमा स्थान दिइएको छ, किनकि उनले आफ्ना पछिल्ला २ लडाइँहरूमा तौल वर्गमा कम्तिमा एक पटक लडेका थिए।

रवीन्द्र ढाँट संगको भिडन्त अगाडि उनले रविन्द्रको कन्फिडेन्स तोड्ने अनि रवीन्द्रलाई MMA फाईटमा सजिलै पराजित गर्ने भनेर एक अन्तरवार्तामा भनेका थिए तर आज उनै कोरेनलाई रबिन्द्रले तेस्रो राउन्डमा नकआउट गर्दै जित हाँँसिल गरेर इतिहाँस रचेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।