रुपन्देहीमा सशस्त्रका प्रहरी जवान घुससहित पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी जवानलाई घुससहित नियन्त्रणमा लिएको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।

उनका अनुसार सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए।
जवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
