राजनीति

निर्वाचन आचारसंहितामा एमालेको असन्तुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको स्थानीय निर्वाचन केन्द्रीत आचारसंहितामा नेकपा एमालेले असन्तुष्टि जनाएको छ । आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुअघि पदमा रहेकाहरूले राजीनामा दिनुपर्ने उल्लेख गरिएकामा त्यसप्रति एमालेले असन्तुष्टि पोखेको हो ।
एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने भन्दै स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरे । पालिका अध्यक्ष वा मेयरले पदबाट राजीनामा दिएर चुनावमा होमिँदा काम नै रोकिने हुँदा त्यसो गर्नु जायज नभएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’
बिहीवार प्रकाशित निर्वाचन आचार संहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ ।’
निर्वाचन आयोगले तोकेको मितिबाट यो आचार संहिता लागू हुनेछ । आयोगले कहिलेबाट आचारसंहिता लागू गराउने भन्ने टुंगो लगाइसकेको छैन् ।

बिज्ञापन

आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।