आस्था /आध्यात्म

मुक्ति पर्वको अवसरमा कपिलवस्तुमा सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु (शिवराज), १ भाद्र । मुक्ति पर्वको अवसरमा कपिलवस्तुमा सत्संग सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वालापुरमा मुक्ति पर्वको अवसरमा आयोजना गरिएको सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय कोषाध्यक्ष कृष्णकन्हैया पाठकले भन्नुभयो कि मुक्ति पर्वको आरम्भ १५ अगस्त १९६४ देखि भएको हो । त्यसदिन जगत माता बुधवन्ती जीले आफ्नो नश्वर शरीरलाई त्यागेर यस निराकारमा मिलन हुनुको भएको हो । त्यस दिनदेखि जगतमाता बुधवन्ती दिवसको रुपमा मनाउन थालियो । पछि १७ सेप्टेम्बर १९६९ मा सहंशाह बाबा अवतार सिंह जी महाराजले आफ्नो नश्वर शरीर त्यागेर निराकारमा मिलन भएपछि १९७० देखि जगत माता सहंशाह दिवसको रुपमा मनाउन थालियो भने १५ अगस्त १९७९ मा सन्त मिशनका पहिला प्रधान लाभ सिंह जीले देह त्याग गरेर निराकारमा मिलन भएपछि बाबा गुरवचन सिंह जीद्वारा १९८० देखि मुक्ति पर्वको रुपमा मनाउन थालिएको बताउनुभयो ।


मानव चोला निकै दुर्लभ रहेको छ, यो चौरासी लाख योनि काटी सकेपछि मात्र पाईन्छ । मानव चोला भनेको नै परमात्मालाई प्राप्त गर्नु हो तर हामी यसको कुनै मूल्यांकन नै नगरि त्यसै गुमाई रहेका छौ । आज सत्गुरुले मानवलाई मानव बनाई रहनु भएको छ । ब्रम्हज्ञानको माध्यमबाट जन्म–मरणको फेरोबाट मुक्त गरिरहनु भएको छ । हामीले पनि समयमा ज्ञान लिएर आफ्नो मानव चोला पाएको सार्थक गर्न सकौं, उहाँले बताउनुभयो ।

बिज्ञापन


उक्त अवसरमा कृष्ण यादव, कृष्ण चौहान, राजु, संतोष, मिना, राजेन्द्र, अनुप, अशोक, ज्ञानमति, शिवप्रसाद खुसी, बनारसी, बब्लू, शिवपाति, प्रभुराम, बुन्देश्वर चौहान लगाएत स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राम प्यारेले गर्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।