टीकापुर खानेपानी अध्यक्षमा खड्ग धामी विजयी

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साउन ३० गते सम्पन्न भएको निर्वाचन बाट अध्यक्षका उमेदवार खड्ग धामी विजयी भएको छ्न ।
उपभोक्ताको कुल खसेको मत ३५९३मा खड्ग धामीले १२३८ मत पाएका छ्न भने
उनका निकटतम प्रतिद्वन्दी सरिता थापा रावलले ६८६मत प्राप्त गरेकी छ्न।


त्यसै गरि उपाध्यक्षमा सीता देवी चौधरी विजयी भएकी छन सीता चौधरीले १०५१ मत प्राप्त गरेकी छ्न भने उनका निकटतम प्रतिद्वन्द्वी गोमा घर्तीमगरले ६७७ मत प्राप्त गरेकी छ्न
सचीवमा प्रकाश खड्काले ७७३ मत प्राप्त गरि विजयी भएका छ्न उनका निकटतम प्रतिद्वन्दी अमर सिंह रावलले ६६१ मत प्राप्त गरेका छ्न।
कोषाध्यक्षमा हिरा सिंह बिष्टले १११० मत प्राप्त गरि विजयी भएका छ्न भने उनका निकटतम प्रतिद्वन्दी बल बहादुर विश्वकर्माले ६१५ मत प्राप्त गरेका छ्न
खुल्ला सदस्य हरुमा बम बहादुर ओली ९७८मत तेज ठकुल्ला ९३१,डम्बर बहादुर नायक ७०६ मत सहित विजयी भएका छ्न।
महिला सदस्यमा जानकी आचार्यले ९१२मत ,जाल्पा भट्टराईले ७६७ मत ल्याइ विजयी भएका छ्न कुल ३६९३ उपभोक्ता हरुले मतदानमा सहभागिता जनाएका थिए भने खड्ग धामी ,सरिता थापा रावल ,सृजना पन्डित ,विश्राम थारु ,गरि चार वटा प्येनल चुनावी मैदानमा उत्रिएका थिए मत गणना गर्दै गर्दा गणनामा त्रुटि भएको भन्दै विवाद भएपछि केहि समयका लागी गणना रोकिए पनि पछि सर्वदलीय सहमतिगरेर मत गणना सुरु गरिएको थियो ।
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन बाट निर्वाचित टिम लाई चुनौती थपिएको उपभोक्ताको बुझाइ छ भित्री रुपमा आर्थिक अनियमितता भएको घटनाले त्यसको कसरी वयवस्थापन गरेर लैजाने ? कसरी उपभोक्ता लाई सहज सुलभ स्वच्छ पानी सहितको सेवा प्रवाह गर्ने भन्ने कुराको समाधान गर्ने वाचाका साथ चुनावी मैदानमा प्रमुख एजेन्डा बनाएका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.