अवर्गीकृत

मुम्बईको वडालामा सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २ भाद्र । मुम्बईको वडाला सत्संग भवनमा सत्संग सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको प्रमुख आथित्यमा आयोजना गरिएको सत्संग कार्यक्रममा उपस्थित साध संगतलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो कि एक समयको कुरा हो भारतबाट एक जना सिद्धी–सिद्धी प्राप्त साधु लंका आएको खबर आफ्नो दुतबाट थाहा पाएर रावणले भव्यताका साध स्वागत–सत्कार ग¥यो । लंकामा भएका बाल वाटीका, बगैंचाका साथै व्याम शाला, नृत्यशाला, बधशाला, विज्ञानशाला र अनेकौ प्रयोगशाला अवलोकन गराएर साधुलाई आसनमा राखेर सोध्यो– ‘ऋषीवर ! मेरो लंका कस्तो मान्नु भयो ?’ जवाफमा ऋषीले भन्नुभयो, ‘लंकेश दशानन्द रावण तिम्रो सुनको यस लंकामा अपार अनेकौं कला–कृती देखियो तर चरित्र निर्माणशाला हुँदैनन् भने त्यो ठाउँको विनाश अवश्य छ । अर्थात लंका पनि विनाशको नजीक छ ।’ रावणले साधुसंग सोध्यो, ‘ऋषीवर ! चरित्र निर्माणशाला भनेको के हो ?’ साधुले सम्झाए कि चरित्र निर्माणशाला भनेको सत्संग हो ।


‘विन सत्संग, विवेक नाही,
तत्व मिलेगा सत्संगत माही’
‘सत्संग हरिकथा तुल्सी दुलर्भ दोए,
सुत द्वारा धन सम्पन्ती पापी के भी होए’
अर्थात सत्संगत हरिकथा दुलर्भ छ, धन–सम्पत्ति पुत्र–परिवार पापीसंग पनि हुन्छ ।
“एक लाख पुत्र सवालाख नाती,
तीस रावण घर दियाना वाती”

बिज्ञापन


रावण विद्वान भएर पनि अभिमानले गर्दा विनाश भयो । उनको नामको दियो जलाउने शेष पनि कोही रहेन । त्यसैले हामीले कहिलेपनि अभिमान, घमण्ड गर्नु हुँदैन भनेर उहाँले बताउनुभयो ।
सत्संगमा स्थानीय सन्त–भक्तहरुको बाक्लो उपस्थिति रहेका थियो । स्मरण रहोस कि नेपाली सत्संग केहि दशक पहिले मुम्बई र थानाका विभिन्न ठाउँमा आयोजना हुने गथ्र्यो तर अचेल पुरातन नेपाली सन्त–भक्तहरु स्वादेश नेपाल फिर्ता भएपछि अब मुम्बईको वडालामा मात्र एक नेपाली सत्संगको आयोजना हुँदै आएको छ । यहाँ मुम्बई र थानामा भएका नेपाली सन्त–भक्तहरु प्रत्येक आइतबारका दिन सहभागी हुने गर्दछन् ।


सत्संगमा स्थानीय सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।