घटना

सुदूरपश्चिममा दुर्घटनामा परी पाँच जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । सुदूरपश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीमा दुई, अछाम, बझाङ र डोटीमा एक÷एक जना गरी पाँच जनाको मृत्यु भएको जनाएको छ ।
शुक्रवार कैलालीको टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १७ वर्षीय अन्जील कार्की र प्रजापति चौधरीको मृत्यु हो । से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्जीलको टीकापुरमै मृत्यु भएको हो भने प्रजापतिको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै शुक्रबार नै बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका– ६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो । कुँवर रेडियो सेरोफेरो बझाङमा कार्यरत थिए ।

उता अछाममा पनि मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलसेनबाट साँफेबगर जाने क्रममा मङ्गलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाश खोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो । बिहीबार से ६प१८९९ नम्बरको दुर्घटनामा परि मङ्गला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै डोटीको आदर्श गाउँपालिका २ मा ट्याक्टरको ठक्करबाट स्थानीय ८ वर्षका बालक दुरज साउदको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।