स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिंदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन केही नभएको र स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताए । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटिद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा प्रचण्डलाई व्यङ्ग्य गर्दै माओवादीका जनप्रतिनिधि तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दै गरेको बताए ।

हामीबाट छुट्टिएर गएको पार्टी समाप्त भइसकेको र आफूहरुबाटै लगेको ४८ सिटको धाक लगाइरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई पनि व्यङ्ग्य गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
