खेलकुद

सन्दिप लामिछाने फेरि चम्किए,ह्याट्रिकसँगै सन्दीपले लिएको ५ विकेट सहित नेपाल बिजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपालका चर्चित लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा बिजयी हासिल गरेको छ । अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीलाई पराजित गर्दै नेपालले जित आफनो पक्षमा पार्न सफल भएको हो । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जित निकालेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रनमा समेटियो । नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए ।

करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए । ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन बनाएका थिए । करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो।नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए।एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए। यस्तै एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २÷२ विकेट लिए।  ५ खेलको अभ्यास खेलमा नेपाल आजै दोस्रो टी–२० खेल्दै छ।

बिज्ञापन

टप इन्ड टी–२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो।  टप इन्ड टी–२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो। प एन्ड टी–२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ । आईसीसी टी–२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो। यसअघि डार्विनमै भएको ‘टप एन्ड टी–२०’ सिरिजमा नेपालले मिश्रित प्रदर्शन गरेको थियो । ११ टोली सहभागी उक्त प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेको थियो । सो प्रतियोगितापछि विश्वकप छनोटको तयारीलाई थप बलियो बनाउन नेपालले थप पाँच अभ्यास खेल खेल्न लागेको हो ।एसीटीसँगको दुई टी–२० पछि नेपाली टोलीले साउथ अस्ट्रेलियाको टिमसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले साउथ अस्ट्रेलियासँग दुई टी–२० र एक दिवसीय खेल खेल्ने तालिका रहेको छ ।

आगामी विश्वकप छनोट प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको अस्ट्रेलिया भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ । बलियो टोलीविरुद्ध अस्ट्रेलियाको भूमिमा अभ्यास गर्दा नेपाली खेलाडीको मनोबल उच्च हुने र कमजोरी सुधार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।