भेँडा बचाउन खोलामा हाम्फाल्दा गोठालाको मृत्यु

गोरखा : खोलाले बगाएको भेँडा बचाउन पानीमा हाम्फालेका गोरखा बारपाकका एक गोठालाको बगेर मृत्यु भएको छ। बारपाक सुलिकोट गाउँपालिका वडा-१ का ६० बर्षका अर्जुन घलेको स्थानीय किस्वाँरा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार अपरान्ह चारबजे जंगलबाट बारपाकतर्फ भेँडा ल्याउने क्रममा किस्वाँरा खोलाको फड्के तर्दा भेँडा खसेर बगाएको र सोही भेँडा बचाउन खोलामा हाम्फाल्दा घलेलाई पनि बगाएको प्रहरीले जनाएको छ। स्थानीयबासी, बारपाक चौकी र जौबारी इप्रकाबाट खटिएका प्रहरीले उनको शव साँझ ६ बजे फड्केभन्दा ३० फिट तल खोँचमा फेला पारेका प्रहरीले जनाएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
