खानेपानी मन्त्री र नगरप्रमुख सिंहलाई ‘गोली ठोक्छु’ भन्दै धम्की दिने युवती पक्राउ
लोक कल्याणकारी विज्ञापन

पर्सा । खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकी युवती वीरगञ्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साह हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मन्त्री यादव र मेयर सिंहले पाएको धम्कीबारे उजुरी आएपछि उनलाई शनिबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार साहले फोनमा “गोली ठोकी हत्या गर्ने” धम्की दिएको अडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
