खानेपानी मन्त्री र नगरप्रमुख सिंहलाई ‘गोली ठोक्छु’ भन्दै धम्की दिने युवती पक्राउ
लोक कल्याणकारी विज्ञापन

पर्सा । खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
लोक कल्याणकारी विज्ञापन

पक्राउ परेकी युवती वीरगञ्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साह हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मन्त्री यादव र मेयर सिंहले पाएको धम्कीबारे उजुरी आएपछि उनलाई शनिबार नियन्त्रणमा लिइएको हो।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार साहले फोनमा “गोली ठोकी हत्या गर्ने” धम्की दिएको अडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

