राष्ट्रिय समाचार

ठगी गरेर फरार महिलालाई दुबईमा पक्राउ गरी नेपाल ल्याइयो 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालमा ठगी गरी दुबई पुगेकी महिला पक्राउ परेकी छिन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका–१ घर भएकी सरिता घर्तीमगर पक्राउ परेकी हुन्। युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  
    उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। 
    उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन