राजनीति

स्थानीय निर्वाचन सहभागी हुने विप्लवको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय निर्वाचनमा सहभागिहुने प्रस्ताव राखेका छन् ।

शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले वेशाख ३० गतेको लागि तय भएको चुनावमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका हुन्।

बिज्ञापन

तर, उनको प्रस्तावमा केही नेताहरुले असन्तुष्टि जनाएका छन्। ७० जनाभन्दा बढी नेताहरु सहभागी केन्द्रीय समिति बैठकमा चुनावमा जाने प्रस्ताव आएको बताउँदै त्यसमा भोलिदेखि छलफल थालिने नेता धर्मेन्द्र बाँस्तोलाले नेपालखरलाई जानकारी दिए ।

’बैठकमा महासचिव कमरेडले स्थानीय चुनावमा सहभागी भएर उपयोग गर्ने प्रस्ताव राख्नुभयो,’ बाँस्तोलाले भने, ‘समसामयिक राजनीति परिस्थिति अन्तर्गत उहाँले अहिलेको वस्तुस्थिति अनुसार पनि चुनावमा जानुपर्ने बताउनुभयो। भोलिदेखि त्यसबारे अरु नेताहरुले धारणा राख्नुहुन्छ ।’

स्रोतका अनुसार महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चुनावमा भाग लिनुपर्ने पक्षमा छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।