घटना

 गुडिरहेको मोटरसाइकलमा ढुंगा खस्दा बालकको मृत्यु, एक घाइते 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुडिरहेको मोटरसाइकलमा सडकमाथिबाट खसेको ढुंगाले लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। ढुंगाले लाग्दा सल्यान बनगाड कुपिन्डे नगरपालिका– ११ का १२ वर्षीय विजय बुढाको मृत्यु भएको हो ।

बुधबार साँझ सुर्खेतको बोटेचौरबाट सल्यानको बनगाड कुुपिन्डे नगरपालिका आँपचौर आउँदै गरेको  भे.६प ५६२ नम्बरको मोटरसाइकलमाथि सुर्खेत गुर्भाकोट नगरपालिका– ९ पोखरेनजिकै गुडिरहेको अवस्थामा ढुंगा खसेको थियो । 

बिज्ञापन

मोटरसाइकलमा सवार अर्की वर्ष ४७ की मनीषा गन्धर्व घाइते भएकी छिन् । मोटरसाइकलचालक मनबहादुर बुढा भने सकुशल रहेका छन् । ढुंगाले लाग्दा घाइते दुवैजनालाई मेहलकुना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा बुढालाई डाक्टरले मृत्त घोषणा गरेको स्थानीय खिमलाल विकले जानकारी दिए। मृतक बालक मोटरसाइकलचालक मनबहादुरका एक मात्र छोरा थिए । 

बालक बनगाड कुुपिन्डे नगरपालिका– ११ आँपचौरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए। छात्रको मृत्यु भएपछि  बिहीबार विद्यालयले  शोकबिदा दिएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।