राष्ट्रिय समाचार

शिक्षक लाइसेन्स परीक्षा दिन जाँदा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको विभिन्न तहका शिक्षक पदको लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने भएको छ ।

आयोगले सूचना जारी गर्दै चैत १५, १७, १९ र २१ गते सञ्चालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेद्वारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको छ ।

बिज्ञापन

उम्मेद्वारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेद्वारको परिचय विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले सबै परीक्षार्थीलाई प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ ।

मावि तहको परीक्षा १५ गते, निम्न माध्यामिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुने छ ।

आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत)तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवाको विज्ञापन खोलेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।