रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु

रामेछाप : जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ।
बिहीबार बिहानै कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको भित्रको गेट तोडेर बाहिरी गेट तोड्न लागेपछि सेनाले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ३ जनाको मृत्यु भएको हो।

अस्पतालमा ल्याइएका घाइते मध्ये ३ जना मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ। गोली लागेर १३ जना कैदीहरू घाइते भएको रामेछापका प्रजिअ श्यामकृष्ण थापाले जानकारी दिए।
बिहानै कारागार परिसरमा गोली चलेको आवाज सुनिएको रामेछाप बजारका स्थानीयहरूले बताएका छन्।
घाइते कैदीबन्दिहरुलाई अहिले जिल्ला अस्पताल रामेछापमा उपचारका लागि लगिएको छ।
रामेछाप कारागारमा ३ सय ३५ जना कैदीबन्दिहरु रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। अहिले स्थिति नियन्त्रणमा आइसकेको रामेछाप प्रशासनले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
