ठगी गरेर फरार महिलालाई युएईमा पक्राउ गरी नेपाल ल्याइयो

ठगी मुद्दामा फरार महिलालाई संयुक्त अरब इमिरेटस(युएई)बाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोलबाट समेत रेड नोटिस जारी भएकी फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी हुन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको डिआइजी घिमिरेले बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
