गोदावरीको लक्ष्मीनारायण मन्दिरको कुटीमै साधुको हत्या भएको आशंका
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर बगैचाको कुुटीमा बस्दै आउनुभएका ७८ वर्षीय साधु रामनारायण डङ्गौराको कुटीमै हत्या भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई कुटीमा बस्दै आउनुभएका साधु डङ्गौराको बुधबार राति हत्या भएको आशंका गरिएको हो ।
बिज्ञापन

साधुको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको जनाइएको छ । साधुको हत्या भएको भन्दै लक्ष्मीनारायण मन्दिरले प्रहरीमा जाहेरी दिएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
