राष्ट्रिय समाचार

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खाेलामा पहिरो गएपछि सडक अवरूद्ध भएकाे छ।

आइतबार बिहान ११:३० बजे पहिराे जाँदा सडक अवरूद्ध भएको बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगरले जनाएको छ।

बिज्ञापन

तुइन खाेलामा पटकपटक पहिराे गएपछि अवरुद्ध भएको सडक गत शुक्रबार रातिबाट सन्चालनमा आएकाे थियो।

‘केहीबेर अघि ठूलाे पहिराे सडकमा थुप्रिएकाे छ, सडकमा थुप्रिएकाे माटो हटाउन कम्तिमा ४ घण्टा लाग्छ,’ कार्यालय रामनगरका एसपी डिल्ली नारायण पाण्डेले भने।

पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिन सडक खण्ड भदाै महिनामा मात्रै १५ पटक पहिराे गएर अवरुद्ध भएकाे छ। पछिल्लोपटक गएकाे मंगलबार सबैभन्दा ठुलो  पहिराे गएपछि ७ वटा उपकरण प्रयाेग गरेर शुक्रबार राति हटाइएकाे थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।