टी-२० विश्वकप छनोटको पहिलो खेल कुवेतसँग, विजयी लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ ।
नेपाल र कुवेतबीच टी-२०आई क्रिकेटमा हालसम्म तीन पटक भेट भएको छ, जसमा नेपालले २ खेल जितेको छ भने कुवेतले १ खेल आफ्नो पक्षमा पारेको छ । यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा यी दुई टोली दुईपटक भिडेका थिए । लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा भने कुवेतले नेपाललाई हराउँदै बदला लिएको थियो ।

आजको खेल जित्ने टोलीका लागि सुपर सिक्समा स्थान बनाउने सम्भावना लगभग निश्चित हुनेछ । कुवेतले नेपाललाई यसअघि नै हराइसकेकाले नेपाली टोलीले विपक्षीलाई कमजोर आँक्ने गल्ती गर्ने छैन । दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
