अवर्गीकृत

र्‍याली, जुलुश र सभा गर्न काठमाडौँ प्रशासनको रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, असोज २५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न रोक लगाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना जारी गर्नुहुँदै कुनै पनि समूह वा सङ्गठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न रोक लगाउनुभएको हो ।

बिज्ञापन

विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा थप लेखिएको छ, ‘‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि  र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’’ साथै पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।