चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित

धनगढी । चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।
चाडपर्व खर्चसहित महङ्गी भत्ता र पोशाक नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीले आज सामाजिक विकास मन्त्रालयको मूलगेटमा पुगेर प्रदर्शन गरेका छन् । भत्ता भुक्तानी नभएमा काम नगर्ने उनीहरूको चेतावनी छ ।

अस्पतालका लागि सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी नियुक्त गरेको थियो । मन्त्रालयले नियुक्त गरेका कर्मचारीलाई अस्पतालले भत्ता दिन नमिल्ने राय दिइकाले चाडपर्व खर्च र भत्ता उपलब्ध गराउन समस्या भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
