चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना : मृतकको संख्या अज्ञात
लोक कल्याणकारी विज्ञापन

बेइजिङ । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।
चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ । अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ । (एएफपी)
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
