अर्थ

सुनको मूल्यमा भारी गिरावट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ । शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको पहिलो कारोबार दिनमै तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रति तोला २ लाख ५८ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो गिरावट पछिल्लो समयकै ठूलोमध्ये एक हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र स्थानीय मागमा आएको परिवर्तनका कारण सुनको मूल्यमा यो कमी आएको व्यवसायीहरूले बताएका छन् ।

बिज्ञापन

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रति तोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।