सन्त निरंकारी नेपाली पत्रिका तथा साँस्कृतिक समूह, महाराष्ट्रद्वारा आयोजित विजया दशमी विशेष शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्मपन्न

मुम्बई । सन्त निरंकारी नेपाली पत्रिका तथा साँस्कृतिक समूहद्वारा असोज १९ गते (तदनुसार ५ अक्टोबर २०२५, आइतबार) का दिन महाराष्ट्र राज्यको राजधानी मुम्बई अन्तर्गत ठाणे जिल्लास्थित मंगला हाइस्कूलमा विजया दशमीको पावन अवसरमा “शुभकामना आदान–प्रदान एवं साँस्कृतिक कार्यक्रम” भव्य एवं आत्मिक वातावरणका साथ सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता महात्मा प्रेम सिंह जीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा खोपोली सेक्टर संयोजक कुल बहादुर कुँवर जी उपस्थित रहनुभएको थियो ।


त्यसैगरी अतिथिहरुको रुपमा घाटकोपर सेक्टर संयोजक प्रकाश जोशी जी, वडाला नाडकर्णी पार्क मुखी रमाशंकर जैसवाल जी, पवार नगर ठाणे संयोजक प्रकाश जोशी जी, किशन नगर संकटर संयोजक सुभाष भोसले जी, प्रशाद सकट जी, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका उप–सह–सम्पादक कृष्ण गोदार जी, गीतकार शेर सिंह जी, राकेश मयालती जी, नवल सिंह जी, अशोक प्रधान जी, गीतकार गणेश सुनार जी, अमर ताम्राकार जी र दीपक दास जी लगायत विभिन्न क्षेत्रका सन्त–महात्मा तथा बहिनीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा भक्तिभावपूर्ण स्वागत गीत गीतकार गणेश सुनार गुरुजीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अन्य गीत तथा नृत्य प्रस्तुतीहरुमा अमृता एण्ड ग्रुप (मुलुण्ड), प्रति एण्ड ग्रुप (साकीनाका), लक्ष्मण एण्ड ग्रुप (भाइन्दर), रचना–प्रियांका–कविता–इशा (वडाला), सुजीत ग्रुप (कशेली भिवण्डी), राम शिलाल (पुणे), तथा समीक्षा र कल्पना (ठाणे) लगायतका समूहहरुको उत्कृष्ट प्रस्तुती रहेको थियो । उक्त सबै प्रस्तुतिहरुले सत्य, प्रेम र एकताको सन्देश बोकेका विविध सांस्कृतिक कार्यक्रम मार्फत कार्यक्रममा उल्लास र भक्तिभावको वातावरण सिर्जना भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरु प्रकाश जोशी जी, रमाशंकर जैसवाल जी, अशोक प्रधान जी तथा अन्य महात्माहरुले विजया दशमीको शुभकामना व्यक्त गर्दै भने– “यो मानव एकता र सन्त निरंकारी नेपाली पत्रिकाको सदस्यता मार्फत विश्वभर छरिएका नेपाली महात्माहरुको घर–घरमा सत्गुरु माता जीको सन्देश पुग्दै जाओस् ।”
त्यसैगरी सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल जीले पनि आफ्नो शुभकामना सन्देश पठाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कुल बहादुर कुँवर जीले विजया दशमीको शुभकामना दिँदै यसको वास्तविक अर्थ प्रस्तुत गर्दै भन्नुभयो–
“विजया दशमी केवल बाह्य बली चढाउने पर्व होइन, यो त आत्मिक रुपमा अंहकार, घृणा र द्वेषको बली चढाउने पर्व हो । जब हामी आफ्नो विकारहरुको त्याग गर्छौं, तब मात्र साँचो भक्ति सम्भव हुन्छ ।”
त्यसैगरी उहाँले सबैलाई सन्त निरंकारी नेपाली पत्रिकाको सदस्य बन्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमका संयोजक महात्मा मनोज कोटाल जी रहनुभएको थियो भने कार्यक्रम सञ्चालन सन्त निरंकारी नेपाली पत्रिकाका सह–सम्पादक सुरेन्द्र खड्का र गीतकार अमर ताम्राकार जीले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष महात्मा प्रेम सिंह जीले सत्गुरु माता सुदीक्षा जी महाराजको असीम कृपा र सम्पूर्ण सन्त परिवारको आशीर्वादका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उपस्थित सम्पूर्ण अतिथि, सहयोगी तथा सहभागीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.