राजनीति

देश बनाउनका लागि सबै एकजुट हुनुपर्ने बेला आएको छ : दुर्गा प्रसाईं

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।

आइतबार काठमाडौंमा सम्पादकसँगको छलफलका क्रममा प्रसाईं मुलुक निकै अप्ठेरो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका हुन् । उनले यसअघि आफूहरुले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्चाएर आफू सुध्रिन तयार भएको जिकिर गरे ।

बिज्ञापन

आफ्ना कारणले मुलुकलाई अप्ठेरो परेको भए आफु देश छाडेर जान पनि तयार रहेको उनको भनाइ छ । प्रसाईंले सरल भाषामा आफ्ना मागहरु सरोकारवालासमक्ष पुराउदा कसैले नसुनेका कारण ठाडो भाषा प्रयोग गर्नुपरेको बताए ।

उनले आफुले केवल देश र गरिव जनताका लागि बोल्दा समेत मुलधारका सञ्चारमाध्यमले आफुलाई कहिले राम्रो नदेखेको गुनासो गरे ।

त्यस्तै उनले अहिले गृहमन्त्रालयले आफूहरुको मागका बारेमा जानकारी लिन छलफलमा बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।