विनोद चौधरीले भने- जनताले दललाई रिजेक्ट गरेसके, टिकट बाँड्ने बहस छाडौँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीभित्र टिकट बाँड्ने भन्दा पनि कस्ता व्यक्तिलाई बाँड्ने भन्ने कुरामा बहस हुनुपर्ने बताएका छन्।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै तीन वटै दललाई जनताले रिजेक्ट गरेको अवस्थामा चुनावमा अहिले चुनावमा जान लागिएको बताए।

उनले भने, ‘अहिले टिकट बाँड्ने होइन, आउने दिनमा टिकट कस्तालाई दिने हो भोलिका दिनमा ? पार्टीलाई कसरी जित्ने बनाउने ? आजको बहस त्यो हुनुपर्ने हो। आज हामी तीन वटै दललाई रिजेक्ट गरेको बेलामा चुनाव लड्न जाँदै छौँ। दलभित्र राम्रा मान्छे पनि होलान् नराम्रा पनि।’
सामाजिक सञ्जालबाट पार्टीहरूबाट देशको कल्याण हुँदैन भन्ने भाष्य समाजमा बनिरहेको बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
