प्रवास

मुम्बईको महाराष्टमा नेपालीद्वारा झुण्डिएर आत्म हत्या, प्रवासी नेपाली संघको पहलमा आर्थिक सहयोग र अन्तिम दाहसंस्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २१ कार्तिक । मुम्बईको महाराष्टमा नेपालीद्वारा झुण्डिएर आत्म हत्या, प्रवासी नेपाली संघको पहलमा आर्थिक सहयोग र अन्तिम दाहसंस्कार
सम्पन्न भएको छ ।
नेपाल घर कञ्चनपुर बेलौरी–३ का बुबा जय बहादुर बोहराका जेठा छोरा सुरेश बहादुर बोहरा (बर्ष ३१) विगत तीन÷चार बर्षदेखि परिवार (श्रीमती रविना देवी बोहरा) सँगै प्लट नं ३५ ’ए’ सेक्टर २१ दलौतराम ठिकाराम कन्स्ट्रक्सन साइड नेरुल नवि मुम्बईमा काम गर्दै आइरहेका थिए । ३ नोभेम्बर २०२५ को दिन रिल्स बनाउने क्रममा आफ्नै मोबाइल र फेसबुक आईडी प्रयोग गरेर लाइभ दिदै गर्दा अचानक दिल्लीमा रहेका आफन्त साथीहरूले लाइभ भिडियो देखेपछि उनकी श्रीमती रविनालाई खबर पुगेपछि उनी (श्रीमती) हत्तपत्त घरखातामा काम छोडेर रुममा पुगेपछि झुन्डिएको अवस्थामा देखेपछि बचाउने आशा लिएर हत्तपत्त श्रीमानको डोरी काटेर नजिकका साथीहरुलाई खबर गरि तुरुन्त डि वाई पाटिल हस्पिटल ईमेर्जेन्सी कक्षमा भर्ना गर्ने क्रममा मृत घोषणा भएपछि यो खबर समाजसेवी हरि सुनारले प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति सचिव गिरीराज बेल्बासेलाई सम्पर्क गरेपछि उहाँले प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति सदस्य भिम त्रामुलाई खबर गरे लगत्तै नवि मुम्बई नगर समितिबाट केन्द्रीय सदस्य तथा नगर इन्चार्ज भिम त्रामु, केन्द्रीय सदस्य रुद्र राकसकोटी, केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा नवि मुम्बई नगर समिति अध्यक्ष निर सिंजाली, राज्य सचिव भिम बराल मगर, राज्य सदस्य तथा नगर सचिव घनश्याम सिंजाली मगर, राज्य सदस्य रिम ढुंगाना, बेलापुर प्रास सदस्य बिष्णु डंगालको उपस्थितिमा घटनाको बारेमा छानबिनगरि प्रहरी प्रशासनदेखि वाशी सरकारी हस्पिटलमा मृतकको पोस्टमार्टम रिपोर्ट तयारगरि प्रवासी नेपाली संघ भारत नवि मुम्बई नगर समितिको पहलमा मृतकका भाइ भक्त बोहरा र श्रीमती रविना, समाजसेवी जय बहादुर बोहरा लगायत छिमेकी साथीहरुको सहयोगमा ५ नोभेम्बर २०२५ बुधबारको दिन नेरुल सिवुडस् धारावे शमशान भुमीमा मृतक सुरेश बोहराप्रति एक मिनेट मौनधारण सँगै अन्तिम दाहसंस्कार गरिएको छ । मृतक बोहराका दुई छोरा र एक छोरी नेपाल घरमा बाजे–बोजैसँग बस्दै आएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।