राजनीति

मन्त्रिपरिषद् फेरबदल हुनसक्छ : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् फेरबदल हुन सक्ने बताएका छन् । मंगलबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

“कतिपय मन्त्रीसँग असन्तुष्टि छ । गठबन्धनभित्र पनि त्यो कुरा भइरहेको छ,” उनले भने, “दलको हैसियतानुसार शक्ति पनि बाँडफाँड गर्नुपर्छ ।”
स्थानीय तह निर्वाचनमा तालमेल गर्न माओवादी केन्द्र तयार भए पनि कुन दलसँग गर्ने भन्ने टुंगो नलागेको उनले बताए । तर, आफ्नै बलबुतामा चुनाव लड्ने विषयलाई पहिलो प्राथमिकतामा राखिने उनको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन

नेपाली कांग्रेस लचिलो भएर आए तालमेल हुने उनले बताए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन