काठमाडौंमा महिलाहरूको झोला लुट्ने समूह पक्राउ

काठमाडौंका महिलाहरूको झोला लुटेर भाग्ने समूह पक्राउ परेकाे छ । शृंखलाबद्ध लुटपाटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जाको वालिङ– ११ घर भएका २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोटको गोर्स्याङ घर भएका २० वर्षीय विशाल राई, नुवाकोट किस्पाङका १८ वर्षका साजन तामाङ र नुवाकोटको चौघडा घर भएका १९ वर्षीय समीर तामाङलाई स्वयम्भू वृत्तको टोलीले पक्राउ गरेको हो।

सो समूहले ८ मंसिरमा काठमाडौंको तारकेश्वर नगरपालिका– ११ नेपालटारमा एक महिलाको झोला लुटेका थिए। लमजुङको राईनास नगरपालिका– ६ घर भई हाल तारकेश्वर– ९ शुभकामनाचोक बस्ने रन्जु शर्माको झोला उनीहरूले लुटेका थिए। सिद्धार्थ बैंकबाट हिँडेर घर फर्किने क्रममा मोटरसाइकलमा सवार उनीहरूले नगद, मोबाइलसहितको झोला लुटेका थिए।
तारकेश्वर नगरपालिका– ८, सुकुम्बासी टोलबाट भोलिपल्टै उनीहरू पक्राउ परेका हुन्। उनीहरूविरुद्ध अन्य दुई महिलाले पनि प्रहरीमा जाहेरी दिएका छन्। लुटेका सामानसहित उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी रमेश थापाले बताए। लुटपाटमा संलग्न पेसेवेर समूहविरुद्ध विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
