सुदूरपश्चिम प्रदेशमा ३७३० एचआइभी संक्रमित

डोटी । सुदूरपश्चिम प्रदेशमा तीन हजार सात सय ३० जना एचआइभी संक्रमित रहेका छन् । सुदूरपश्चिम पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा दुई हजार ११ महिला, एक हजार पाँच सय ७० पुरुष, एक सय १८ बालबालिका र ३१ यौनिक अल्पसंख्यक रहेका छन् ।
प्रदेशभित्रका नौ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक हजार सात सय ४० एचआइभी संक्रमित रहेका छन् । यो संख्या प्रदेशभित्रका कुल संक्रमित संख्याको करिब ४७ प्रतिशत हुन आउँछ ।

अछाममा पाँच सय ७० संक्रमित रहेका छन् । यस्तै, डोटीमा चार सय ९०, कञ्चनपुरमा चार सय ५५, बैतडीमा एक सय ३२ र डडेल्धुरामा एक सय २५ संक्रमित रहेका छन् ।
बझाङमा ९६, बाजुरामा ७२ र दार्चुलामा ५० जना एचआइभी संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी÷एड्स सम्पर्क व्यक्ति मनोज प्रसाद ओझाले जानकारी दिए ।
ओझाका अनुसार गत आर्थिक वर्ष ९०८१/०८२० मा यस प्रदेशमा एक सय ८१ जनामा नयाँ संक्रमण देखिएको छ । ‘गत वर्ष ७३ हजार एक सय १० जनामा एचआइभी परीक्षण गरिएको थियो’ ओझाले भने ‘त्यसमध्ये एक सय ८१ मा संक्रमण देखिएको हो ।’
गत वर्ष कैलालीमा सबैभन्दा बढी एक सय चार जनामा संक्रमण देखिएको छ । यस जिल्लामा २० हजार एक सय १३ जनामा एचआइभी परीक्षण गरिएको थियो । यस अवधिमा कञ्चनपुरमा ३२, डडेल्धुरामा १०, बैतडीमा नौ र बझाङमा आठ जना नयाँ संक्रमित थपिएका छन् ।
डोटीमा सात, अछाममा ६, बाजुरामा तीन र दार्चुलामा दुई जनामा संक्रमण देखिएको ओझाले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
