अनौठो

अमेरिकी भ्यागुताले अस्ट्रेलियामा निम्त्याउँदै जैविक संकट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मेलबर्न (अस्ट्रेलिया) : एउटा सानो भ्यागुताले अस्ट्रेलियामा ठूलो जैविक संकट निम्त्याएको खबर सुन्दा विश्वास गर्न गाह्रै होला। अझै संस्कृति र आर्थिक क्षेत्रमा समेत क्षति पुर्‍याउँदै छन्, भन्यो भने त पत्याउनै मुस्किल पर्छ। तर, वैज्ञानिक अध्ययनले यो समस्या वास्तविक र निकै गम्भीर भएको देखाएको छ।

लामो खोज अनुसन्धानपछि अस्ट्रेलियन वैज्ञानिक र अनुसन्धानकर्ताहरूले भ्यागुता प्रजाति ‘केन टोड’ लाई जैविक सन्तुलनमा ठूलो संकटको रूपमा चित्रित त गरेका छन् नै, केनटोडका कारण अबको अवस्था निकै भयावह देखिएको भन्दै गहिरो चिन्ता पनि व्यक्त गरेका छन्। 

बिज्ञापन

‘केनहरू अहिले डर्बी र ब्रुमनजिक देखिएका छन्। विस्तारै पिलबारातर्फ फैलिरहेका छन्’ कर्टिन विश्वविद्यालयकी अणुशास्त्र र जीवविज्ञानकी अनुसन्धानकर्ता डा.जुडी डनलप भन्छिन्, ‘यो क्षेत्रलाई उनीहरू आफ्नो उपनिवेश बनाउन खोजिरहेका छन्।’

उनका अनुसार, स्थानीय प्रजातिका करिब ९० प्रतिशत बासस्थान विषालु केनले ओगट्ने खतरा छ। यसले त्यहाँ पाइने २५ वटा हड्डी भएका प्रजातिहरूमा घातक प्रभाव पार्ने र संख्यामा कमी ल्याउने अनुमान गरिएको छ।

डर्बी र ब्रुम पश्चिमी अस्ट्रेलियाका समुद्री किनारका मानव बस्ती हुन्। ब्रुम मोती उद्योगका लागि प्रसिद्ध छ भने डर्बी एक प्रमुख बन्दरगाह र व्यापारिक केन्द्र हो। खनिज स्रोतका लागि महत्वपूर्ण पिलबारा क्षेत्र डर्बी र ब्रुमबाट करिब ९ सय ८५ किलोमिटर टाढा छ। डा. डनलपले अनुसन्धान प्रतिवेदनमा पिलबारातर्फ केनको बढ्दो उपस्थितिलाई चिन्ताजनक भनेकी छिन्। 
कुनै बेला ऊखुबालीमा लाग्ने भुसुना किरा नियन्त्रण गर्न अमेरिकाबाट हवाई मार्गमार्फत केनहरू ल्याइएका थिए। तीनै केनहरू अहिले अस्ट्रेलियाको जैविक सन्तुलन बिगार्ने संकटको रूपमा देखिएका छन्। प्रारम्भमा वैज्ञानिकहरूले सोचेका थिए कि केनले केवल किरा खाइदिन्छन्, तर उल्टो भयो। यी भ्यागुताहरू अब खेतबारी, जंगल र मानव बस्तीतिर फैलिरहेका छन्। 

पश्चिमी अस्ट्रेलियाको विश्वविद्यालयको अनुसन्धानले देखाएको छ कि, केनको आक्रमणले ५ स्तनधारी र ४ घस्रिने प्रजाति उच्च खतराको सामना गर्दै छन्। यसले पिलबाराका आदिवासी समुदायका परम्परागत खाद्य स्रोत र जीवनशैलीमा पनि प्रभाव पार्ने छ।

वैज्ञानिकहरूले आक्रमणकारी भ्यागुता नियन्त्रण गरी अस्टे«लियाको जैविक विविधता र मानव सस्कृति संरक्षणका उपाय अपनाउन सरकारलाई सुझाव दिएका छन्। पश्चिमी अस्ट्रेलियाको विश्व विद्यालय जैविक विविधता, संरक्षण र आकर्षण विभाग (डीबीसीए)को आर्थिक सहयोगमा डा.जुडीसहित विभिन्न सोधकर्ताहरूले गरेको अनुसन्धान प्रतिवेदनले ५ स्तनधारी र चार घस्रिने प्रजाति उच्च खतरामा पर्ने उल्लेख गरेका छन्। 

यस्तो प्रजातिका भ्यागुताले पुर्‍याउने क्षतिका कारण पिलबाराका आदिवासीहरू समेत संकटमा पर्ने खतरा देखिएको छ। संक्रमणले त्यहाँ सस्कृति र परम्परामा नराम्रो प्रभाव पार्नुका साथै उद्योग र खानीमा समेत आर्थिक प्रभाव पार्नेछ। ‘यस्तो अवस्थामा पनि कुनै नियन्त्रणका उपाय अपनाइएन भने वातावरणीय सँगै आर्थिक क्षति उच्च हुने छ,’ वैज्ञानिक जुडीले अनुसन्धान प्रतिवेदनमा भनेकी छन्। यो सामान्य जैविक समस्या मात्रै होइन। पिलबारा क्षेत्र आदिवासी समुदायका लागि सांस्कृतिक महत्वको विशाल खानी हो। जहाँ गोन्ना, निलो–जिब्रो स्किङ र भ्यागुता खाने सर्प जस्ता जनावर परम्परागत भोजन र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छन्।
आक्रमणकारी प्रजाति परिषद्की नीति विश्लेषक डा. क्यारोल बुथ आदिवासी समुदायको खाद्य सामग्री (परम्परागत खाद्य स्रोतहरू)मा असर पारेको बताउँछिन्। भन्छिन्, ‘यसले साँच्चिकै सर्वप्रथम भोजन, जीवन शैलीमा पनि असर पारेको छ। अनि गम्भीर जैविक जोखिम निम्त्याएको छ।’

उनी वैज्ञानिक तथा सावधानीपूर्ण नीति केन्द्रित उपाय अपनाउनुपर्ने कुरामा जोड दिन्छिन्। भन्छिन्, ‘यहाँका प्रजाति हराए भने पिलबाराका परम्परागत संरक्षकहरूले आफ्नो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश गुमाउनेछन्।’अनुसन्धान प्रतिवेदन गत १० नोभेम्बरमा सार्वजनिक गरिएको थियो। केन टोडलाई ‘राइनेला मरिना’ नाम दिइएको छ। 

केनले किम्बर्ली क्षेत्रभरि स्थानीय वन्यजन्तु तहसनहस गरिसकेका छन्। ब्रुम छिचोलेर पिलबारा तर्फ बढ्दै छन्। पिलबारा नयाँ बासस्थान बनाउने खतरा देखिएको छ। ‘त्यसपछि रोक्न सक्ने कुनै उपाय देखिँदैन’ वैज्ञानिकहरूले भनेका छन्, ‘यदि अहिले नै रोकिएन भने, पिलबाराको भविष्य नै संकटमा पर्न सक्छ।’

पछिल्ला अध्ययनले देखाएको दृश्य निकै चिन्ताजनक छ। आगामी ३० वर्षभित्र पिलबाराको ७५ प्रतिशत भू–भाग त्यस्ता विषालु भ्यागुताहरूले ढाक्ने सम्भावना उच्च छ। 

केनहरू वर्षमा करिब ४०–५० किलोमिटर दक्षिणतर्फ सर्दै आएका छन्। यस्ता भ्यागुताले मरुभूमि छिचोल्न सक्दैनन्। तर, गाईवस्तुले पानी खाने ठाउँहरू ‘सिँढी वा ढुंगा’ बनेका छन्। यही कृत्रिम जलस्रोतले मरुभूमि पार गर्न मद्दत गरिरहेको छ। 
अनुसन्धानमा संलग्न टिमका सदस्य कर्टिन विश्वविद्यालयका प्रोफेसर बेन फिलिप्स भन्छन्, ‘पहिलो पटक हामीसँग आक्रमणकारी प्रजातिलाई नै डिहाइड्रेसन गरेर रोक्ने मौका छ। यो रणनीति अस्ट्रेलियामा मात्रै सम्भव छ।’ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।