राष्ट्रिय समाचार

जेठ १ गतेदेखि कक्षा सञ्चालन : वैशाखमा नयाँ भर्ना सुरु गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । प्रशासनले आगामी शैक्षिक सत्र २०७९ को वैशाखबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार चैत मसान्तभित्र परीक्षा हुने र परीक्षा र नतिजा वैशाखमा घोषणा गर्नुपर्नेछ ।

जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नको लागि नयाँ भर्ना वैशाखमै थाल्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आग्रह गरेको छ । कतिपय विद्यालयले चैत्र महिनामै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरिएको छ ।

बिज्ञापन

सो को अनुगमन जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले गर्नुपर्ने जनाइएको छ । चैत्र महिनामा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाई प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरु नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरुको पनि वैशाखमा मात्र आयोजना गर्न आग्रह गरिएको हो।

कोभिड–१९ ले परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ । कुनै विद्यालयले अनलाइन प्रक्रियाबाट भर्ना अभियान चलाउन खोजे छुट दिइने शर्माले भने ।

वि. सं २०७९ को शैक्षिक सत्र चैत्र मसान्तभित्र सक्नेगरी पठनपाठन हुने शर्माको भनाइ छ । यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि भर्ना अभियान सञ्चालन गर्ने बताए ।

‘अब त कोरोनाको धेरै जोखिम छैन,’ उहाँले भन्नुभयो ‘त्यसैले वैशाखमा कोभिडअघि जसरी भर्ना कार्यक्रम सञ्चालन गरेका थियौँ, त्यही अनुसार देशभर भर्ना कार्यक्रम सञ्चालन हुन्छ।’ उनका अनुसार वैशाख १५ गतेदेखि प्रभावकारी ढंगले भर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।