घोडघोडीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृ,त्यु

घोडघोडी कैलालीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको घोडघोडी नगरपालिका-२ घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा सोही ठाउँको साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको म.प्र.०३–००१ क २९४१ नम्बरको सनराईज बोडिङ स्कुल बौनिया, कैलालीको बसले सोही बोडिङ स्कुलको कक्षा १ मा अध्यनरत सोही ठाउँ बस्ने ८ वर्षीय बालक गोबिन्द बिष्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

बिष्टलाई स्कुल बिदा भई घरतर्फ छोड्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर टाढा पुर्व उत्तरमा बसबाट झर्ने क्रममा सोही बसको ठक्करबाट घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
