राजनीति

कैलालीको क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने आरजु देउवाको संकेत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफूलाई कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने संकेत गरेकी छिन् । जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यही चुनाव लड्ने उनले बताएकी हुन् ।

’म यहाँका जनतासँग म भिजिसकेको छु त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मन पर्छ आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन ०७४ को चुनावमा तीन÷चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन ।’

बिज्ञापन

’पहिले पनि बर्दिया लगायतका ठाउँमा लड्ने प्रचारित गरिएको थियो तर मैले धनगढी नै छाने,’उनले भनिन ’आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु ।’

पत्रकारको अर्को प्रश्नको जवाफमा नेतृ देउवाले सानातिना मनमुटाब एउटा घर, परिवार बिच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले काँग्रेसको आन्तरिक चुनावका मनमुटाब जनताका बिचको चुनावमा प्रकट नहुने विश्वास गरिन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।