राजनीति

हर्क साम्पाङले गरे चार दिनमै दुई उपाध्यक्षमाथि कारबाही

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङ आफ्ना प्रतिक्रिया र शीघ्र निर्णयका कारण सधैँ चर्चामा रहने पात्र हुन् । उनको नेतृत्व शैली, कडा अनुशासन र तत्काल निर्णय गर्ने प्रवृत्ति समर्थक र आलोचक दुवैका लागि चासोको विषय बन्दै आएको छ ।

पछिल्ला चार दिनमै पार्टीका दुई उपाध्यक्षमाथि गरिएको कारबाहीले फेरि एकपटक साम्पाङको नेतृत्वशैलीलाई चर्चामा ल्याएको छ ।

बिज्ञापन

शनिबार बुटवलमा आयोजित कार्यक्रममा भएको घटनाक्रमपछि उपाध्यक्ष डा. मित्र परियारमाथि गरिएको कारबाही अहिले सबैभन्दा धेरै चर्चामा छ ।

यसअघि प्रहरी हिरासतमा रहेका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको तीन दिन नबित्दै साम्पाङले डा. परियारमाथि पनि कारबाहीको निर्णय सार्वजनिक गरेका हुन् ।

श्रम संस्कृति पार्टीको ‘देशदौडाहा’ कार्यक्रमअन्तर्गत शनिबार रुपन्देहीको बुटवलस्थित ट्राफिकचोकमा सभा आयोजना गरिएको थियो । राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । चिसो मौसमका बाबजुद पनि सभामा अपेक्षा गरिएभन्दा धेरै सहभागी देखिन्थे । सहभागीहरू विभिन्न बाजागाजाको तालमा नाच्दै र्‍यालीसहित सभास्थल पुगेका थिए ।

यस कार्यक्रमको तयारीका लागि उपाध्यक्ष डा.मित्र परियार केही दिनअघि नै बुटवल आएका थिए । कार्यक्रमअघि गरिएको पत्रकार सम्मेलनमा पनि उनैले मुख्यरूपमा सम्बोधन गरेका थिए । शनिबारको सभाका लागि समेत तयारी व्यवस्थित देखिएको थियो । तर कार्यक्रम सञ्चालनका क्रममा आफूलाई जानिजानी बोल्न नदिइएको भन्दै डा. परियार आक्रोशित बनेका देखिन्थे ।

सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय अध्यक्ष हर्क साम्पाङले सम्बोधन गरे । त्यसपछि टीका लगाउने र पार्टी प्रवेश कार्यक्रम सुरु भयो । सोही समयमा उद्घोषकले उपाध्यक्ष डा. परियारलाई सम्बोधनका लागि आमन्त्रण गरे । तर उनका अनुसार, आफू बोल्न थालेकै बेला अधिकांशको ध्यान अध्यक्ष साम्पाङसँग टीका लगाउने र फोटो खिच्नतर्फ मोडिएपछि परियारको कुरा सुन्नेतर्फ कसैको ध्यानै गएन।

त्यही क्रममा सार्वजनिक रूपमा प्रसारित भिडिओमा डा परियार आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै भने–‘‘साथीहरू, यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ । ध्यान त्यता बोल्ने, यता हुन सक्दैन साथीहरू । म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ। ध्यान अन्त मोडिनु हुँदैन ।’

उनले आफू दुई दिनदेखि बुटवल आएर कार्यक्रमको तयारीमा खटिएको उल्लेख गर्दै सेड्युल नमिलेको जस्तो लागेको बताए । ‘म सम्बोधन गर्न चाहन्छु, तर अलिकति सेड्युल नमिलेको जस्तो लाग्यो । यसमा यहाँको जिल्ला टिम र आयोजक कमिटीले आत्मसमीक्षा गरोस् भन्ने मेरो अनुरोध हो,’ उनले खुला कार्यक्रममै भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।