टायल्स उद्योगमा दुई मजदुरको मृ*त्यु

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १२, भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ। उद्योगको लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयहरूले उद्योग घेराउ गरेका छन्। घटनाको छानबिन गर्न माग गर्दै उनीहरूले शव उठाउन दिएका छैनन्।
गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका– १३, धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोस्ट बस्ने ३० वर्षीय विनोद कुमार रहेका छन्। उनीहरूको कम्पनीमा ग्यास लिक भएर मृत्यु भएको स्थानीयको दाबी छ। उद्योगले जाम भएको ग्यास खोल्न पठाएको र खोल्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएपश्चात् घटना ढाकछोप गर्न नजिकै रहेको कोठामा लगेर सुताएको उनीहरूको आरोप छ।

मृतक दुवैजना ग्यास फायर (अग्नि नियन्त्रण) प्लान्टमा काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ। उनीहरू उद्योगको ग्यासी फायरको पोकिङ फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए। प्रहरीले मृतकहरूको शरीरमा बाहिरी कुनै चोट नदेखिएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
