अवर्गीकृत

प्रचण्डमार्फत भारतको सन्देश : लोकतन्त्र जोगाउन सबै दल निर्वाचनमा सहभागी हुनुस्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२१ पुस, काठमाडौं । भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नेपालमा लोकतन्त्रको रक्षार्थ निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ दिल्लीमा आइतबार अबेर भएको भेटमा राष्ट्रिय सुरक्षा सल्लाहाकार डोभालले २१ फागुनको निर्वाचनलाई समर्थन गरेका हुन् ।

बिज्ञापन

साथै उनले नेपालमा लोकतन्त्रको रक्षाका लागि सबै दल निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचनमार्फत नेपालको लोकतन्त्र सुरक्षित गर्ने विषयमा प्रचण्ड र डोभालबीच छलफल केन्द्रित भएको भारतीय सञ्चारमाध्यम न्यूज१८ ले जनाएको छ ।समाचार अनुसार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार डोभालले प्रचण्डका लागि नयाँ दिल्लीस्थित एक होटलमा रात्रिभोजसहितको भेट आयोजना गरेका थिए ।

डोभालले विद्यमान राजनीतिक जटिलता समाधान गर्न नेपाल तत्काल निर्वाचनमा जानुपर्ने सुझाएका थिए ।

भारतीय संस्थापनले राष्ट्रिय सल्लाहाकार डोभालमार्फत नेपालमा अहिले निर्वाचनको विकल्प नभएको सन्देश दिएको स्रोतहरूलाई उद्धृत गर्दै न्यूज१८ ले लेखेको छ ।

मतपेटिकामार्फत प्राप्त जनादेश नै लोकतन्त्र संरक्षणको सबैभन्दा उपयुक्त विकल्प भएको डोभालको भनाइ थियो ।

प्रचण्डसँगको भेटमा भारतका तर्फबाट नेपालको लोकतान्त्रिक संरचना संरक्षणप्रति दृढ प्रतिबद्धता व्यक्त भएको दाबी गरिएको छ ।

स्रोतका अनुसार डोभालले प्रचण्डलाई निर्वाचन नै राजनीतिक प्रणाली जोगाउने एकमात्र उपाय भएको बताएका थिए र भारतीय पक्षले पनि आफूहरूले छिमेकी मुलुकमा स्थायित्व चाहने बताएका थिए ।

निर्वाचन लक्षित भारतीय पक्षको धारणाप्रति प्रतिक्रिया जनाउँदै प्रचण्डले नेपालभित्र आन्तरिक सहमति रहेको आश्वासन दिएका छन् ।

साथै उनले नेपालमा राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको सन्देश डोभालमार्फत भारतीय पक्षलाई दिएका छन् ।

दिल्ली भ्रमणमा जानुअघि प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । डोभालसँगको भेटमा प्रचण्डकी छोरी गंगा समेत सहभागी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।