अवर्गीकृत

फेसबुकमा मान्छे झुक्याउँदै नक्कली डाक्टर निकिता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फेसबुकमा अहिले एउटा प्रोफाइलको चर्चा छ- डाक्टर निकिता परियार। उनले आफ्नो नाम चाहिँ डाँ निकिता परियार भनेर लेखेको देखिन्छ। ‘डा’को मुन्तिर थोप्लो हुनुपर्नेमा उनले चाहिँ माथि चन्द्रबिन्दू जोडेका छन्।

प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत भएको भन्दै धेरैले आफ्नो र उनको वालमा उनलाई ट्याग गरेर बधाई दिइरहेको पनि देख्न सकिन्छ। हल्का खोजी हेर्दा थाहा भयो, भारतीय सोसल मिडियाबाट चोरेका फोटोहरु प्रयोग भएको फेक प्रोफाइल रहेछ यो। नेपाल भरका डाक्टरहरुको रेकर्ड राख्ने नेपाल मेडिकल काउन्सिल र सुर्खेत प्रदेश अस्पतालमा सोधी हेर्दा पनि यो नामको डाक्टर कोही नभएको जवाफ पाइयो।

बिज्ञापन

यो फेसबुक प्रोफाइल केही अभियन्ताहरुले सेयर गरेपछि धेरै चर्चामा आउन थालेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।