राजनीति

जनार्दनको गृहजिल्ला पुगेर प्रचण्डले भने- भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिँदैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साथ छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माबारे टिप्पणी गरेका छन्।

शर्माको गृहजिल्ला रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिने भन्दै काँध थाप्न नसकिने बताए।

बिज्ञापन

उनले भने, ‘गोपाल शर्मा यहाँको युवा नेता हुनुहुन्छ, उहाँ स्थापित भइसक्नुभयो। उहाँले भन्नुभयो, हिजो प्रभाकरले गल्ती गर्दा पनि छुट दिने उहाँ नै हो। तर धोका दिएपछि उहाँले पनि कति काँध थाप्न सक्नुहुन्थ्यो ररु भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।’

उनले रुकुम पश्चिममा गोपाल शर्मालाई भारी मतले जिताउन आह्वान समेत गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।