सुदूरपश्चिम प्रदेश

गोदावरी नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको गोदावरी नगरपालिका–८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव आयोजना हुने भएको छ। 

थारू समुदायको नयाँ वर्ष एवम् सबैभन्दा ठुलो पर्व माघको अवसरमा माघ १२ देखि १४ गतेसम्म मजगाउँ थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो। थारू कला, संस्कृति, भेषभूषा, स्थानीय खानाका परिकार, कृषि लगायतको संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले माघ महोत्सव आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। 

बिज्ञापन

बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा हुने महोत्सवमा स्थानीय साँस्कृतिक झाँकीका साथै थारू कलाकारहरुको प्रस्तुति, गोदावरी नगरपालिकाकोे स्थायी बसोबासी थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम हुने जनाइएको छ। 

आफूहरुले विगत १६ वर्षदेखि माघ महोत्सव आयोजना गर्दैआएको जनाउँदै महोत्सव आयोजक मूल समितिका संयोजक जनकलाल चौधरीले यसबाट लोकसंस्कृति संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीयमा जनचेतनाको विकास पनि भएको बताए। 

त्यस्तै, थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद माधव थारूले विगतदेखि आयोजना हुँदैआएको माघ महोत्सवले गोदावरी नगर क्षेत्रमा साँस्कृतिक जागरण ल्याउन मद्दत गरेको बताए। नगर क्षेत्रमा रहेका प्रत्येक थारू गाउँमा अचेल सखिया, मघौटा लगायतका नाच हुने गरेको उनको भनाइ छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।