व्याक्ती बिशेष

युवानेता सुरेश शर्माको पन्चपुरी १०को वडाअध्यक्षमा चर्चा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत १२ चैत ,कैलाली जिल्लाको टीकापुर नगरपालिकामा रहेको टीकापुर बहुमुखी क्याम्पस बाट अनेरास्ववियु सभापति जितेका युवा नेता सुरेश शर्माको आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा कर्णाली प्रदेश सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका वडा नम्बर १० बाट नेकपा एमाले पार्टीको तर्फबाट वडा अध्यक्षपदको उम्मेदवार बन्ने चर्चामा रहेका छन।

२०५३ साल मा जन्मेर २०६६ सालमा कक्षा ९ देखि सुरु गरेको विद्यार्थी राजनीतिमा अनेरास्ववियुको माबी कमिटीमा आवद्धहुदै सुरु गरेको उनको राजनीति यात्रा राजनैतिक यात्रा २०६८ सालमा जनजागृती मा बि चौरी कैलालीको अनेरास्ववियु +२ कमिटी सचिब २०६९ अनेरास्ववियु टिकापुर बहुमुखी क्याम्पस कमिटी सह-सचिब २०७१ अनेरास्ववियु टिकापुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष ,२०७२साल अनेरास्ववियु कैलाली जिल्ला कमिटी सदस्य रहि २२औ महाधिवेशन प्रतिनिधि,२०७३ फाल्गुन १८ गते सम्पन्न स्ववियु निर्बाचनमा टिकापुर बहुमुखी क्याम्पसबाट स्वबियु सभापतिमा निर्बाचित भएका थिए हाल अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य एवम सुदुरपस्चिम बिश्वबिद्धालय सहईन्चार्ज रहेका शर्मा ,नेकपा एमाले पन्चपुरी १०नेकपा एमाले पार्टी अध्यक्षछ्न।

बिज्ञापन

देशमा आराम गर्नुपर्ने बाजे उमेरकाले मात्रै राजनीतिमा टासिंएको देख्दा आफ्नो जस्तो युवाहरूको जोश जागरको सदउपयोग गर्न सहि समयमा आफुले पनि वडा अध्यक्ष बन्ने चासो राखेको बताउछन् राजनीति निकासको निम्ति सहि दिशामा गति दिन युवा हरुको अनिवार्य सहभागिताको आवस्यकता रहेको बताउदै वडामा चर्चा चलेको जस्तै आफुपनी तम तयार रहेको शर्माले मालीका समाचार लाई बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।